बैशाख २,
भक्तपुर । चैत मसान्तको दिन मध्यपुरठिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडाउदै जात्रा सकिएको छ ।
बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो ।
जिब्रोको...
बैशाख २,
सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ ।सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना...
बैशाख २,
काठमाडौँ- चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म सरकारले भत्ता र पोसाक खर्चबापत सात खर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ। सरकार आयव्यायको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयअनुसार जम्मा बजेटको ४७ प्रतिशत अर्थात् छ अर्ब २१ अर्ब रुपैयाँ खर्च हुँदा भत्ता र पोसाकबापत दिइने रकम मात्रै सात अर्ब दुई करोड १७ लाख ५६ हजार ३७० रुपैयाँ रहेको...
वैशाख २,
काठमाडौँ -काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ परेका छन् । उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । तिम्सिना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको आरोपमा पक्राउ परेका हुन् । उनीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
बैशाख २, एजेन्सी,
काठमाडौँ -संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ । ‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट उडाइएको थियो । लगभग अढाई घण्टा चलेको परीक्षण उडान क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको थियो ।विमानमा ६ वटा बोइङ ७४७ इन्जिन लागेको छ । विमान यति ठूलो छ कि यसको एउटा पखेटा फुटबल मैदानभन्दा ठूलो...
बैशाख २,
काठमाडौँ -रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेको छ । १ घण्टा गरिएको प्रदर्शनमा प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।...
बैशाख २,
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् को प्रमाणपत्र हस्तान्तरण गरेका छन।प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् को प्रमाणपत्र हस्तान्तरण गरेका छन। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन। प्रमाणपत्र...
वैशाख २,
काठमाडौँ - बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो ।थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२...
वैशाख २
काठमाडौँ -सरकारले भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो । सरकारले गत ०७५ मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए ।विदेशमा विभिन्न काम गरी सीप...
बैशाख २,
काठमाडौँ -नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३।५ ओभमा ९२ बनाउँदा अलआउट भयो।९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको...
