‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार!

148

बैशाख २,
काठमाडौँ -रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेको छ । १ घण्टा गरिएको प्रदर्शनमा प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । उनले विरोध प्रदर्शनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताए ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेलले किनेको तथ्य बाहिरीएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रदर्शन सुरु गरेको हो । प्रदर्शनमा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ रु सिंहदरबार जता छ’ । लेखिएको प्ले काड बोकेका थिए ।

उक्त घटना बाहिरीएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा बिक्री गर्न रोक लगाउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले सरकारको सो निर्णयको स्वागत गर्दै घटनाको छानवीन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई दवाव दिँदै आएको छ ।-नयाँ पत्रिका