Saturday, September 26, 2026
Home ताजा अपडेट सरकारसँग वार्ता गर्न राप्रपाले तयार पार्यो दीपक बोहराको संयोजकत्वमा वार्ता समिति

सरकारसँग वार्ता गर्न राप्रपाले तयार पार्यो दीपक बोहराको संयोजकत्वमा वार्ता समिति

97

बैशाख ९,
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए । सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने तय भएको रातोपाटीलाई जानकारी गराए । राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने, राजतन्त्रको पुनर्स्थापना गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएको छ ।