तारा एयरको विमान धावनमार्गबाट चिप्लियो

176

बैशाख ९,
रामेछाप । रामेछापको मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लिएको छ ।सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । सोमबार बिहान नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको बताइएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ । चिप्लिएको जहाज हटाएपछि मात्रै उडान सुचारु गर्न सकिने बताइएको छ ।