Thursday, September 24, 2026
Home अनौठो जब मानिसहरुको सहयोगमा एनाकोन्डाले बाटो काट्यो (भिडियोसहित)

जब मानिसहरुको सहयोगमा एनाकोन्डाले बाटो काट्यो (भिडियोसहित)

149

बैशाख १३,एजेन्सी,
काठमाडौं – यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो । पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९.८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरे । उनीहरुले यसको भिडियो एवं फोटो खिचेका छन् ।

सर्पले बाटो काटिएरहेको विभिन्न भिडियो थुप्रै मानिसहरुले फेसबुकमा सेयर गरेका थिए । ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै बायोलोजिस्ट फ्लाभियो तेरासानीसँग कुराकानी गरेकमो छ । फ्लाभियोका अनुसार उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने अनुमान गरेका छन् ।

Não consegui filmar ela passando por cima da divisória da BR ? pois tive que parar o trânsito para que ela não fosse atropelada

Publiée par Italo Nascimento Fernandes sur Lundi 22 avril 2019

यो विशाल सर्प निकै भयानक देखिएपनि लत भिडियोमा देखिएको सर्प खासै विषालु नहुने बताइन्छ । हरियो एनाकोन्डालेमानिसलाई आफ्नो आहार बनाएको अहिलेसम्म कुनै रिपोर्ट छैन । यद्यपी, जुलोजिस्टले यस्ता जनावरको नजिक जाँदा निकै सचेत हुनुपर्ने बताएका छन् ।-रातोपाटी