वैशाख १५,
काठमाडौं । नेपाल पत्रकार महासंघले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा सञ्चारसम्बन्धी नीति, कानुन र संरचना निर्माण गर्न ध्यानार्कषण गराउँदै अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।महासंघले सञ्चार क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकार र विभिन्न राजनीतिक दललाई...
वैशाख १५,
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क...
वैशाख १५,
काठमाडौं । जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । शनिबार राति आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । थप विवरण आउन बाँकी छ ।
एजेन्सी । विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु । त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग...
बैशाख १४,
काठमाडौं । काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ। शनिबार दिउँसोबाट महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए । सो क्रममा उनीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए । आक्रोशित हुँदै व्यवसायीहरु...
बैशाख १४, काभ्रेपलाञ्चोक (सिपाघाट) । मण्डनदेउपुर–६ सिपाघाटकी २५ बर्षिया सरिता (दाहाल) दुलालको रहस्यमय मृत्यु भएको छ । १२ गते साझँसम्म घरायसी काम गरेकी सरिता बिहान सबैरै नउठेपछि छिमेकीले ढोका ढकढक्याउन थाले । तर उनीको स्वर नसुनेपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरी सरिताको घरमा पुग्यो, शरिरभरी निलडाम थियो उत्तानो परेको अवस्थामा शव लडिरहेको थियो । तर सामान्य मृत्यु...
बैशाख १३,
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७६ सालको कक्षा १२ परिक्षा यहिँ आउँदो आइतबार बिहान ७ बजेदेखि हुने जानकारी दिएको छ । शुक्रबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख १५ गतेबाट सुरु भएर...
वैशाख १३,
सिरहा — सिरहामा एक महिलालाई आफ्नै पति र सासुले आगो लगाएर बिहीबार हत्या प्रयास गरेका छन् । कल्याणपुर नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले जलाएर हत्याको प्रयास गरेको हो ।आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जलिरहेकी कञ्चनलाई छिमेकीले तत्कालै उद्दार गरी...
ताजा अपडेट
बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले अवसर सिर्जना गर्छ : राष्ट्रपति (सम्बोधनको पूर्णपाठसहित)
वैशाख १३,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने चीनीया राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको बताएकी छिन् । शुक्रवार बेइजिङमा आयोजित दोस्रो एक बेल्ट एक रोड अन्तराष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका...
वैशाख १३,
काठमाडौं । फिल्म ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुन काण्डलाई मुख्य विषय वस्तु बनाइएको छ । प्रदिप भट्टराई निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?v=gCtAREckk1Eजेठ ३ गते देखि प्रदर्शनमा आउने फिल्म ‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत...

