पुनर्निर्माणमा जुट्न इन्जिनियरहरु लाई प्राधिकरणको निर्देशन

82

वैशाख १३,
काठमाडौं । पुनर्निर्माणमा जुट्न इन्जिनियरहरु लाई प्राधिकरणले निर्देशन गरेको छ । मागहरु पुरा भईसकेकाले प्राविधिकहरुलाई पुनर्निर्माणको कार्यमा जुट्न एक विज्ञप्ती जारी गर्दै निर्देशन दिएको हो ।  प्राविधिकहरुले उठाएका अतिरिक्त सेवासुविधा लगाएतका मागहरु गत २०७५ भदौबाट लागुहुने गरि नेपाल सरकार मन्त्रिपरिष्दको बैठकबाट निर्णय भईसकेको र उक्त जानकारी २०७६ बैशाख १२ गते विहानको बैठकमा नेपाल इन्जिनिर्यस एसोसियनका पदाधिकारीहरुलाई जनाएको उल्लेख छ ।

साथै पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न आमसञ्चार माध्यममा आएको जानकारीप्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको उक्त विज्ञप्तीमा भनिएको छ ।

बिहीबार इन्जिनियरहरुले सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका थिए ।

प्रेस विज्ञप्ती