Saturday, July 11, 2026
Home Blog Page 1624
वैशाख १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले किनेको जग्गा मोहीको जग्गा किनेकोले वैधानिक भएको मन्त्री अर्यालले बताएकी छन् ।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले ’ प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको पौडेलका छोरा नवीनको नामको जग्गा वैधानिक भएको भन्दै बचाउ गरेकी हुन् । ‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको...
वैशाख १५, काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई प्लेअफ पुग्ने मौका मिलेको छ। आईपीएल अन्तर्गत आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको खण्डमा लिगमा शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्ने मौका पाउनेछ।दिल्लीले घरेलु मैदानमा बैंगलोरसँग नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे खेल्नेछ। फिरोज शाह कोट्ला मैदानमा...
वैशाख १५, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको...
वैशाख १५, काठमाडौं । फिल्म ‘घामट शेरे’ को छायाँकन स्थलबाट पहिलो फोटो सार्वजनिक भएको छ । सार्वजनिक फोटोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का आ-आफ्नै मुडमा छन् । निश्चलले आफ्नो फेसबुकमा सेयर गरेको फोटोमा उनले चेक सर्ट लगाएका छन् भने स्वस्तिमा साडी अनि ब्लाउजमा प्रस्तुत छिन् । सार्वजनिक फोटो हेर्दा निश्चल र स्वस्तिमा दम्पत्तीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । तर...
वैशाख १५, बेइजिङ, राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो ।उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले...
वैशाख १५, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन्। काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिए।'एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक...
वैशाख १५, गुल्मी । गुल्मीमा झाडापखालाबाट एक जना बालकको मृत्यु भएको छ भने करिब १ सय ७० जना बिरामी परेको छन । मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण गत सोमबारदेखि फैलिएको झाडापखालाबाट वडा नम्बर ४ दजाकोटमा १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको हो स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका...
वैशाख १५ काठमाडौं । इटालियन कम्पनी सीएमसी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) आफूले तिर्नुपर्ने कर पनि नतिरी भागेको खुलेको छ । मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेको हो । ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको कार्यालयका प्रमुख धनिराम शर्माले बताए । ‘हामीले आव...
वैशाख १५, काठमाडौं । आर्थिक रुपमा टाट पल्टिएको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेशकुमार सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।सिंह पेटको क्यान्सरबाट पीडित थिए । जेट एयरवेज वित्तीय संकटमा फसेका कारण कर्मचारीले लामो समयदेखि तलव पाएका छैनन् । तलव नपाएकै कारण उनको उपचारमा समस्या बनेको थियो...
वैशाख १५, काठमाडौँ ।प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले सिरहामा ७ बालविवाह रोकेको छ।मन्त्री मण्डलले आफ्नै उपस्थितिमा वैशाख ११ गते सिरहाको कल्याणपुर...