‘घामट शेरे’ : निश्चल र स्वस्तिमा आ–आफ्नै मुडमा

179

वैशाख १५,
काठमाडौं । फिल्म ‘घामट शेरे’ को छायाँकन स्थलबाट पहिलो फोटो सार्वजनिक भएको छ । सार्वजनिक फोटोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का आ-आफ्नै मुडमा छन् । निश्चलले आफ्नो फेसबुकमा सेयर गरेको फोटोमा उनले चेक सर्ट लगाएका छन् भने स्वस्तिमा साडी अनि ब्लाउजमा प्रस्तुत छिन् । सार्वजनिक फोटो हेर्दा निश्चल र स्वस्तिमा दम्पत्तीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । तर निर्माण टिमले उनीहरुको खास रोल के हो ? खुलाएको छैन । हेमराज विसीले निर्देशन गरिरहेको फिल्मको सोमबार सुर्खेतबाट छायाँकन थालिएको छ ।

फिल्म घामट शेरे मा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पत्तीको मुख्य भूमिका रहेको छ । फिल्मलाई नरेन्द्र मैनालीले खिच्दैछन् ।निश्चल र स्वस्तिमा दम्पत्तीले पहिलो पटक पुरा फिल्ममा स्क्रिन सेयर गर्दैछन् । स्वस्तिमा र निश्चलले नाचेको कुटुमा कुट र नाच फिरीरि गीत सुपर हिट छन् । फिल्मको प्रदर्शन मिति तय भैनसकेको हेमराजको भनाई छ । RAmailochha.com