बालुवाटार प्रकरण : मन्त्रि अर्यालले भनिन् पौडेलले मोहीको जग्गा किनेकोले वैधानिक छ(भिडिओ सहित)

182

वैशाख १५,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले किनेको जग्गा मोहीको जग्गा किनेकोले वैधानिक भएको मन्त्री अर्यालले बताएकी छन् ।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले ’ प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको पौडेलका छोरा नवीनको नामको जग्गा वैधानिक भएको भन्दै बचाउ गरेकी हुन् । ‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ,’ उनले भनिन्, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन।’

प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा सरकारले रोक्का गरेको छ । पूर्व सचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमिसुधारमन्त्री पद्मा अर्यालले पुष्टी गरेकी छन्। आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारी भएको बताएको छ। ‘जति कित्ता रोकिएको छ त्यो कित्ता भित्र विष्णु पौडेलको छोरा नविन पौडेलको जग्गा पर्छ,’ उनले भनिन्,’अहिले त सप्पै र (प्रधानमन्त्री निवास परिसर) रोक्दिएको छ।’

मालपोत कार्यालयको अभिलेखले भने उनको भनाई खण्डन गर्छ। अहिलेपौडेलको नाममा भएको कित्ता मोही भनिएकी माया प्रजापतिको नाममा देखिन्छ। उनी साँच्चै मोही नै हुन कि त्रिताल आयोगले भूमाफिया भनेका शोभा कान्त ढकाल र रामकुमार सुवेदीले खडा गरेका नक्कली मोही हुन् भन्ने यकिन छैन। मोही प्रजापतिले उमा कुमारी ढकाल र माधवी सुवेदीका नाममा पास गरेको देखिन्छ। उमा शोभाकान्त ढकाल र माधवी राम सुवेदीकी पत्नि हुन्। मोहीबाट उनीहरूको नाममा आएको जग्गा २०६१ सालमा पौडेलको नामा सरेको छ। उक्त कित्ताको ८ आना जग्गा ढकाल र सुवेदी बाट पौडेलले जम्मा ४ लाखमा किनेको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखमा देखिन्छ।