Sunday, July 12, 2026
Home Blog Page 1623
वैशाख १५, काठामाडौं । फिल्म ‘ए मेरो हजुर ३’ मा युवा स्टार अनमोल केसी र नव नायिका सुहाना थापाको जोडीलाई दर्शकले रुचाए । पहिलो फिल्मबाट दर्शकको नजरमा परेको यो जोडी पुनः पर्दामा दोहोरिने सम्भावना देखिएको छ । निर्देशक झरना थापा स्वंयले अनमोल र सुहानाको जोडी दोहोरिने संकेत दिएकी छन् ।आइतबार अनमोल र सुहानासँगको तस्बिर आफ्नो फ्यान पेजमा सेयर गर्दै...
बैशाख १६, भक्तपुर । तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्याश कार्यक्रममा आएका सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री बास्कोटालाई नगरकोट सडक पीडित संघर्ष समितिले भत्केकोपाटी–तेलकोट–नगरकोट सडकको २० किमि सडकको निर्माणकार्य छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । निर्माण कार्य शुरु गरेको ७ बर्षसम्म पनि निर्माण कार्य अलपत्र बनाएकाले व्यवसायीलाई छिटो निर्माण कार्य सम्पन्न गर्न र...
वैशाख १५, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिवको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई आइतबार धनगढीमा नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमरावलले सपथ ग्रहण गराएका हुन् ।सपथ ग्रहण समारोहमा तीन जिल्लाका सचिवहरुले पनि बहिष्कार गरेका छन् । उनीहरुले आफूभन्दा जुनियरलाई अध्यक्षको जिम्मेवारी दिएको भन्दै असन्तुष्टी जनाई सचिव पदमा...
बैशाख १५, भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मान्छेको मति र गति नसच्चिएकै कारण देशमा विकास गर्न बाधा उत्पन्न भएको बताएका छन् । आइतबार तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले भने ‘मुलुकमा केहीकेही कुरामा स्थिति बिगे्रको छ ।’ उनले अहिलेको विकासको गति सरकारले सोचे अनुरुप अघि बढ्न नसकेको समेत बताए । विकास...
वैशाख १५, काठमाडौं । चीनको राजधानी बेइजिङमा शनिबार सम्पन्न दुई दिने बीआरआई फोरमले ३८ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एन्ड रोड मञ्चमा नेताहरूको सम्पन्न राउन्ड टेबलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई दिने बैठकमा भएका छलफलहरुको विवरण समावेश गरिएको छ ।‘बेल्ट एन्ड रोड सहकार्य : उज्यालो साझा भविष्यको आकार निर्माण’ नारामा केन्द्रित रहेको दोस्रो बीआरआई...
वैशाख १५ काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सको प्लेइङ इलाभेनमा सन्दीप लामिछाने परेका छन् । फिरोज शाह कोट्लामा केही बेरपछि सुरु हुने बेंग्लोरविरुद्ध खेलमा सन्दीपले जारी आईपीएलमा आफ्नो छैटौं खेल खेल्ने भएको हो । यसअघि दिल्लीको ११औं खेल सकिदासम्म सन्दीपले पाँच खेलमा मात्रै खेल्ने मौका पाएका थिए ।सन्दीपले जारी आईपीएलमा ५ खेल मात्रै...
वैशाख १५, एजेन्सी, काठमाडौं । श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन्।आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा उनीहरूले घरभित्रै...
वैशाख १५, काठमाडौं ।नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाखदेखि औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो ।...
वैशाख १५, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रौ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे । ...
वैशाख १५, काठमाडौं । नेपालको सोह्र वर्षमुनिको क्रिकेट टोलीले एशिया पूर्वी क्षेत्रको प्रतियोगिताको उपाधि पुन: जितेको छ। शनिवार थाईल्यान्डमा भएको फाइनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधि सुरक्षित राखेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो। तर नेपालले मलेशियालाई ८१ रनमा सीमित गरिदियो।मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंक...