जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

75

वैशाख १५,
काठमाडौं । आर्थिक रुपमा टाट पल्टिएको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेशकुमार सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

सिंह पेटको क्यान्सरबाट पीडित थिए । जेट एयरवेज वित्तीय संकटमा फसेका कारण कर्मचारीले लामो समयदेखि तलव पाएका छैनन् । तलव नपाएकै कारण उनको उपचारमा समस्या बनेको थियो । जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् ।