मान्छे नसच्चिएकै कारण देशमा विकाश भएन: सञ्चार मन्त्री

80

बैशाख १५,
भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मान्छेको मति र गति नसच्चिएकै कारण देशमा विकास गर्न बाधा उत्पन्न भएको बताएका छन् । आइतबार तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले भने ‘मुलुकमा केहीकेही कुरामा स्थिति बिगे्रको छ ।’
उनले अहिलेको विकासको गति सरकारले सोचे अनुरुप अघि बढ्न नसकेको समेत बताए । विकास कार्यमा कहिँ न कहिँ अठ्यारो देखिएको बताउँदै ति अठ्यारा छिचोलेर सरकार अघि बढ्ने मन्त्री बास्कोटाको दाबी छ ।
चाइनाले बिआइआर स्विकार गरिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको छ, मन्त्री बास्कोटाले भने ।
उनले गुणस्तरिय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउने बताए । सो अवसरमा सञ्चार मन्त्री बास्कोटाले प्रदेश सरकारले विनियोजन गरेको २७ करोड २५ लाख लागतको १३ किमि सडक निर्माण कार्यको सिलान्यास गरे । मनोहरापुलदेखी तेलकोट सम्मको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए ।