बैशाख १९,
काठमाडौं । सुन्दर यातायात प्रालीले बैशाख भित्रै रिङरोडमा विद्युतिय गाडी संचालनमा ल्याउने तयारी थालेको छ। नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतिय गाडी संचालन अन्तिम चरणमा पु्गेको सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।‘उर्जा मन्त्री वर्षमान पुनले १ हप्ता भित्र महशुल निर्धारण गदिर्ने बताउनु भएको छ। यातायात व्यवस्था विभाग पनि सकारात्मक छ। सायद...
बैशाख १९,
विराटनगर । प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा पक्ष र विपक्षीबीच वादविवाद परेपछि बैठक स्थगित भएको हो ।
प्रदेश २ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति अझै हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेको...
वैशाख १९,
बुटवल । टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन्...
बीबीसी, वैशाख १९,
काठमाडौं । वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्। नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई "अद्भुत" भनेको छ। मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो। विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा...
वैशाख १९,
काठमाडौ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको गुनासो गरे । उनले भने, ‘मन्त्रीज्यू र...
-जानु काम्बाङ्ग लिम्बूहिजो हुरिसंग हारेर
बाँसले आत्म हत्या गरेछन्
आज उनै बाँसको
पोस्मार्टम भैरहेकोछ हाम्रो आँगनमा ।बाबाले बाँसको पेट चिर्नु अगाबै
आमाले त्यो मृत्त बाँसको
रौहरू, पातहरू, हाँगाहरू
खौरी रहेकी छिन् ।अलि पर्तिर टाट्नामा उभिएर
आमाले ताछिरहेको बाँसका
हरिया रौहरू
खान खोजिरहेका छन्
बाख्राहरू ।टकटक....टकटक बाँस काटेर
बाबा भाग लगाउन थाल्छन्
बालाई अन्दाज भैसक्यो
त्यो मृत्त बाँस बाट एउटा डोको
र तिन ओटा पेरेंगो बन्नेछन् ।बाँकी बाँसको भित्रास जम्मै
आमाको भागमा परे
तिनलाई बटुल्दै म
आमाको...
वैशाख १९,
गोरखा । केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका-४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो । कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
एजेन्सी , वैशाख १९,
काठमाडौं । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका...
बैशाख १९,
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।
बैशाख १९,
काठमाडौं । १२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘खलनायक’ सुपरहिट भएको थियो । निर्माता रोज राणाले नायकत्रय राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई लिएर यो चलचित्र बनाएका थिए । एक्सन र लभ स्टोरी कथाको यो चलचित्रलाई दर्शकले मन पनि पराए । अब, उनै रोज १२ बर्षपछि चलचित्र ‘खलनायक’को सिक्वेल बनाउने तयारीमा जुटेका छन् । यो चलचित्रको नाम...



