बैशाखभित्रै रिङरोडमा विद्युतीय गाडी चल्ने

79

बैशाख १९,
काठमाडौं । सुन्दर यातायात प्रालीले बैशाख भित्रै रिङरोडमा विद्युतिय गाडी संचालनमा ल्याउने तयारी थालेको छ। नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतिय गाडी संचालन अन्तिम चरणमा पु्गेको सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

‘उर्जा मन्त्री वर्षमान पुनले १ हप्ता भित्र महशुल निर्धारण गदिर्ने बताउनु भएको छ। यातायात व्यवस्था विभाग पनि सकारात्मक छ। सायद यही महिना भित्र गाडी संचालनमा आउछ,’ थापाले सेतोपाटीसगँ भने। हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने थापाले जानकारी दिए। सुरुवाती चरणमा रिङरोडमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ। प्रालीले रिङरोड भित्र जाहाबाट जाहा पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ।

भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने थापाले जानकारी दिए।
गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने थापाले जानकारी दिए। कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ।Setopati