बेहुली पक्षले कुटे जन्तीलाई, जन्तीपक्ष एकको मृत्यु

243

वैशाख १९,
गोरखा । केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका-४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो । कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेहुली लिएर र्फकँदा १७-१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ लागेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको पनि एसपी रावलले बताए।घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ।