Monday, July 13, 2026
Home Blog Page 1605
बैशाख २५, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलासेँमा रहेको काठमाडौं फन भ्याली यो सजिनमा बन्द खुल्न सकेन् । केही वर्ष सम्म गर्मीयाम लागेपछि सुरु हुने उक्त स्थानमा जलक्रिडा गर्न चाहानेहरुको लाइन नै लाग्थ्यो । तर कम्पनिको ५५ प्रतिशत लगानी कर्ता रहेका भोगेन्द्र गुरागाईले ४५ प्रतिशत लगानीकर्तालाई भित्र पस्न नदिएको भन्दै विवाद सिर्जना भएको थियो । विवादलाई मिलाउने...
बैशाख २५, काठमाडौं । रुसलानले आफ्नो ब्राण्ड सद्भावना दूत प्रियका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ । रुसलानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ । यो वर्ष रुसलानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ...
वैशाख २५, काठमाडौ । चर्चित बलिउड अभिनेता अमिताभको स्वास्थ्यमा समस्या देखीएको छ । उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन् । अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका थिए । ट्वीटमा अमिताभले लेखेका छन, ‘आइतबार भेट हुन सक्दैन म बिरामी छु ।उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन् ।...
हरि अधिकारी वैशाख २४, विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएपछि विराटनगरमा दीपावली गरिएको छ भने धनकुटामा विरोध प्रदर्शन भएको छ । सोमबार प्रदेशसभा बैठकले दुई तिहाई बहुमतबाट विराटनगरलाई राजधानी बनाउने प्रस्ताव पारित गरेपछि धनकुटाको असन्तुष्टि मंगलबार विहान सडकमा देखियो । अनलाइन खबर लेख्छ, धनकुटालाई अन्याय भएको गुनासो गर्दै एक घण्टा कोशी राजमार्ग अवरुद्ध गरेका धनकुटाबासीले प्रदेशसभाबाट पारित...
बैशाख २४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १० लाख मूल्य बढीको सुनका बालासहित एक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करिब रु १० लाख १५ हजार बराबरको सुनका बालासहित आज प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा अवैध रुपमा सुन सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ...
नयाँ नेपाल न्युज बैशाख २४, नगरकोट । करिब ६ वर्षसम्मपनि भक्तपुर नगरकोट सडक खण्ड निर्माण कार्य सम्पन्न नभएपछि स्थानीयहरु आन्दोलनमा छन् । नगरकोट–कमलबिनायक सडक निर्माण दवाब समिती नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले सडक यथाशिघ्र निर्माण सम्पन्न होस् भन्दै नयाँ अभियान सुरु गरेका छन् । जसमा दिनको एकपटक फोन गरौ र सोधौ बाटो कहिले बन्छ ? धुलो नियन्त्रण कहिले हुन्छ ? खै सहमती...
बैशाख २४, काठमाडौं । वैशाख शुक्ल तृतीया। सनातन धर्मावलम्बीहरू वैशाख शुक्ल तृतीयामा अक्षय तृतीया मनाउँछन्। यो दिन जौको सातु–सर्वत दान गरेर र आफू पनि खाने परम्परा छ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ। यो दिन पवित्र तलाउ र नदीमा...
बैशाख २४, सहवान अन्सारी नवलपरासी । ईस्लाम धर्मवलम्बीहरुको पबित्र महिना रमजान आज बाट सुरु भएको छ। एक महिना सम्म चल्ने रमजान महिना यो बर्ष बैशाख २४ गते मंगलवार देखी सुरु भई जेष्ठ २२ गते बुधवार सम्म संचालन रहने बताईएको छ । रमजान महिनामा मुसलमानहरुले सुर्य उदाउनु भन्दा करिब ढाई घण्टा पहिला सेहरीको रुपमा खाने कुरा खाई दिन भरी केही नखाई उपवास...
नेपाल समाचारपत्र बैशाख २४, काठमाडौं । मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै...
दिनेश पराजुली ( नयाँ पत्रिका दैनिक) बैशाख २४, सप्तरी । पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए । इँटा उद्योगमा भारतीय...