Monday, July 13, 2026
Home Blog Page 1604
नयाँ पत्रिका बैशाख २६, काठमाडौं । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद...
कृष्ण खनाल (नयाँ पत्रिका)गत फागुनतिरकै कुरा हो, नयाँ पत्रिकाको शनिबार अंकमा राजु स्याङ्तानसँग स्वनाम साथीले समाजवादबारे गरेको कुराकानी निकै मार्मिक लागेको थियो । स्वनाम साथीलाई मैले एकाधपटक भेटेको छु । उनी साम्यवादी सिद्धान्त र मान्यतामा गहिरो आस्थासाथ कम्युनिस्ट आन्दोलनमा लागेका मानिस हुन् । सत्ता, पद र सुविधाबाट धेरै टाढा बस्छन् । अत्यन्त सरल र आममान्छेको एउटा प्रतिनिधि हुन् भन्ने लाग्छ, मलाई उनी ।...
दिवाकर पन्त (नयाँ पत्रिका) काठमाडौं । मिति – वैशाख २५, बुधबार समय – दिउँसो १२स्२२ स्थान – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं ।तुम्लिङटारबाट काठमाडौंका लागि उडेको ट्विनअटर जहाज दिउँसो १२:२२ देखि विमानस्थलको सम्पर्कभन्दा बाहिर पुगेको खबर त्रिभुवन विमानस्थलमा आयो । खबर प्राप्त हुनासाथ विमानस्थल र सुरक्षा निकायका उच्च अधिकारीहरू दुर्घटना भएका वेला संयोजन गर्ने स्थान, उद्धार समन्वय केन्द्र ९आरसिसी०मा भेला हुन्छन् । त्यसपछि जहाज कुन टावरको सम्पर्कमा...
भारतको राजस्थानमा दलित महिलामाथि श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । राजस्थानको अलवर जिल्लामा गत अप्रिल २६ मा यो घटना भएको तर भिडियो भने हालसालै सार्वजनिक भएको हो । दलित अधिकारकर्मीहरुले प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै भिडियो सार्वजनिक गरेको आरोप लगाएका छन् । दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दलित संगठनहरुले अलवरमा...
सन्तोष भट्टराई (नयाँ पत्रिका) बैशाख २६, काठमाडौं । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासीन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन् ।सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार एक लाख २९...
ईश्वरराज ढकाल (नेपाल समाचारपत्र) बैशाख २६, काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ । परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ...
सुनील महर्जन ( नेपाल समाचारपत्र) बैशाख २६, ललितपुर । सत्यमोहन जोशी सय वर्षको उमेरमा टेक्नै लाग्दा पनि निकै सक्रिय जीवन बिताइरहनुभएको छ । लोक संस्कृतिको अध्ययन, विकासका साथै साहित्य लेखनमा जोशीले पुरै जिन्दगी बिताउनुभएको छ । आउ“सो सोमबार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश गर्नुहुने भएको छ । तिथि अनुसार यही बैशाख ३० गते उहा“को जन्मदिन शताब्दी...
बुद्धवीर बाहिङ (नेपाल समाचारपत्र) बैशाख २६, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको ‘फानी’ को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क...
वैशाख २५, काठमाडौं । नेपालका विद्युत प्राधिरकणले भन्दै आएको छ,‘नेपाल विजुलीमा आत्मनिर्भर हुँदै गयो भने भारतबाट हुने इन्धन आयात घट्दै जान्छ ।’ तर, यो साच्चिकै सम्भव छ भन्नेमा धेरैलाई विश्वास छैन । तथ्यांकले यो वर्ष पेट्रोलियम इन्धन आपूर्तिमा भइहरेको वृद्धिदरमा भने ब्रेक लागेको देखाएको छ । अनलाइन खबर लेख्छ, भन्सार अधिकारीका अनुसार यो वर्षको तेल आयातको तथ्यांकले प्राधिरकणको दावीलाई बल...
बैशाख २५, काठमाडौं । राम्रो फिल्म बनाउने निर्देशक दीपेन्द्र के खनालले नयाँ प्रोजेटको रुपमा ‘आमा’ घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘आमा’को औपचारिक निर्माण घोषणा गरिएको हो । आमा नामबाट फिल्म बन्न लागेको यो तेस्रो पटक हो । यस अगाडि नेपालमा बनेको पहिलो नेपाली फिल्मकनो नाम ‘आमा’ राखिएको थियो । हीरासिंह खत्रीले वि।सं। २०२० मा...