भक्तपुर–नगरकोट सडक किन बनेन ? दिनको एकपटक ‘फोन गरौ र सोधौं’ अभियान सुरु

292

नयाँ नेपाल न्युज
बैशाख २४,
नगरकोट । करिब ६ वर्षसम्मपनि भक्तपुर नगरकोट सडक खण्ड निर्माण कार्य सम्पन्न नभएपछि स्थानीयहरु आन्दोलनमा छन् । नगरकोट–कमलबिनायक सडक निर्माण दवाब समिती नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले सडक यथाशिघ्र निर्माण सम्पन्न होस् भन्दै नयाँ अभियान सुरु गरेका छन् । जसमा दिनको एकपटक फोन गरौ र सोधौ बाटो कहिले बन्छ ? धुलो नियन्त्रण कहिले हुन्छ ?
खै सहमती भए अनुरुप काम भएको ? भन्दै जिम्मेवार सबैलाइ फोन गरौ भन्दै मोवाइल नम्बर समेत सार्वजनिक गरिएको संर्घष समितिका अध्यक्ष राजकुमार लामिछानेले बताए । जसमा निर्माण कम्पनिका अनुप अधिकारी ९८०११३३४१५(शारदा प्रसाद अधिकारीको भतिज ब्यवस्थापनको मुख्य जिम्मेवार), सुदन गौली ( ९८०११३३४९६ ( साइड इन्चार्ज कामको मुख्य जिम्मेवार ) भनिएको छ ।

रमेश बाबू श्रेष्ठ ९८०११३३५४१ ( कन्सल्ट्यान्ट काम ठिक भा छ छैन हेर्ने मुख्य जिम्मेवार ), सरला न्यौपाने ( ९८४९५१२५५९ ( आयोजना प्रमुख जो समयमा काम सकाउन सरकारी कार्य गर्ने मुख्य जिम्मेवार ) भनिएको छ ।
चाँगुनारायण नगरपालिकाका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत एवम्ं (अनुगमन निरिक्षण समिती संयोजक) चिरञ्जीवी तिमल्सिना ९८५११२८४०३ र नगरप्रमुख सोमप्रसाद मिश्र ९८५१००१७४४ मोवाइल नम्बरमा फोन र एसएमएस गर्न लामिछानेले अनुरोध गरेका छन् ।