अमिताभ बच्चनको फोक्सोले काम गर्न छाड्यो

77

वैशाख २५,
काठमाडौ । चर्चित बलिउड अभिनेता अमिताभको स्वास्थ्यमा समस्या देखीएको छ । उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन् । अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका थिए । ट्वीटमा अमिताभले लेखेका छन, ‘आइतबार भेट हुन सक्दैन म बिरामी छु ।उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन् । ट्वीटमा मात्रै होईन उनले ब्लगमार्फत पनि यसका बारेमा जानकारी दिएका छन । उनले लेखे, ‘आइतबार भेटघाट सम्भव भएन । ओछ्यानमा छु केही पिडा महसुस हुँदैछ । गएको २० वर्ष देखि अमिताभ हेपीटाइटिस बी रोगबाट पिडित छन् । उनको फोक्सो ७५ प्रतिशत खराब भएको छ र बाँकी २५ प्रतिशत काम गरिरहेको छ । यसकारण उनलाई समयसमयमा पेट दुख्ने समस्या हुने गर्दछ । फिल्म कुलीको शूटिङको समयमा जब उनी घाइते भए त्यो बेला देखि उनलाई हेपीटाइटिस बी लागेको हो ।