ललितपुर । जिल्लाको कोन्ज्योसोम गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो...
काठमाडौं । बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा झण्डै साढे तीन वर्ष नेतृत्व गरेका थिए । स्वतन्त्र पार्टीका नेता साहले आफूहरूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । नेपालमा अहिले ६ वटा स्थानीय तह महानगरीय संरचनाका रूपमा छन् । जसमध्ये काठमाडौं महानगर सबैभन्दा धेरै जनसंख्या र साधन स्रोत भएको स्थानीय तह हो । अन्य सबै महानगरको तुलनामा महानगरले सधैँका आर्थिक वर्षमा...
काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले...
एजेन्सी । बंगलादेशमा जेन जी विद्रोह असफल भएको छ । बीएनपीले निर्वाचनबाट आफ्नो पक्षमा दुईतिहाइ बहुमत आएको दाबी गरेको छ। तर प्रतिद्वन्द्वी दल जमात-ए-इस्लामीले मतपरिणामबारे प्रश्न उठाएको छ। संसद्का ३०० सीटका लागि भएको मतदानमा बीएनपीले १५१ स्थानमा जित हासिल गरिसकेको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।सन् २०२४...
बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट...
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने...
डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग १ ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिउ...
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५० रुपैयाँले...
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेपछि...
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम आयोजित अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता मदरल्याण्ड स्कुल र यूनिटी स्कु्ल विजेता भएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको ईडेन गारडेन स्कुलको आयोजनामा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगितामा “शिक्षा नै उज्यालो भविष्यको आधार” शीर्षकमा आधारित रहेर कक्षा ५ तर्फको प्रतिस्पर्धामा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम हुन सफल भएका हुन् । मदरल्याण्ड स्कुलकी...










