Friday, October 2, 2026
Home समाचार स्कूल बस दुर्घटनाः ३ जनाको अवस्था गम्भीर

स्कूल बस दुर्घटनाः ३ जनाको अवस्था गम्भीर

6

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए।