मन्त्री भएपछि पैसा बाँड्नैपर्छ भन्ने प्रवृत्ति देखियो:पूर्व अर्थमन्त्री पाण्डे

101

बैशाख २९,
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री भएपछि पैसा बाँड्नैपर्छ भन्ने प्रवृत्ति देखिएको बताएका छन् । यस्तै हो भने भोलि गृह, रक्षामन्त्रीले बजेट माग गर्ने अवस्था आउने उनले बताए । संसदमा भइरहेको प्रिबजेट छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले मन्त्री भएपछि केही योजना हाल्नैपर्छ, केही बजेट आफ्नोमा राख्नैपर्छ भन्ने प्रवृत्ति देखिएको बताए । उनले भने, यो प्रवृत्ति यसरी बढेर गएको छ कि भोलि रक्षामन्त्रीले पनि बजेट माग गर्ला । किनभने रक्षाले त बजेट हाल्दैन ।’ मन्त्री भएपछि पैसा बाँड्नुपर्छ भन्ने सोचकै कारण मन्त्रालयहरुले पैसा नभएपनि नयाँ शिर्षक बनाएर तान्न प्रयास गरेको उनले बताए ।

उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “उत्पादन बढाउने खालका परियोजनालाई जोड दिनुपर्छ । आधार तयार भएका परियोजना पनि बढीभन्दा बढी प्रतिफल दिने खालको हुनुपर्छ ।”

नीति तथा कार्यक्रममा समावेश भएका पनि समग्र रुपमा आधार बनेका, अध्ययन सकिएका परियोजनालाई विशेष जोड दिनुपर्नेमा उहाँको जोड दिनुभयो । मुलुकको प्रमुख समस्या बेरोजगारी, कम उत्पादन र व्यापार घाटा भएकाले उत्पादन बढाउने योजना तथा बजेट विनियोजन गर्नु नै सरकारको प्रमुख प्राथमिकता हनुपर्नेमा जोड दिनभयो ।

कृषि उपजको उत्पादनमा जोड दिन देशभर कुन क्षेत्रका के कस्तो कृषि उपज उत्पादन हुनसक्छ, त्यसतर्फ ध्यान दिन सकिए मात्रै कृषिजन्य पदार्थको आयात कम हुने नेता पाण्डेको भनाइ छ ।