बैशाख ३०
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका छन् । उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्याउने उनले बताए । राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।’ल्हासाबाट काठमाडौं रेल ल्याउने...
बैशाख ३०
काठमाडौं । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ। कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्। ‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए,’ एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले सेतोपाटीसँग भनिन्, ‘उनीहरू को हुन्...
बैशाख ३०,
काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग अवैध रकम असुल्दै आएका मेडिकल कलेजविरुद्ध संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ६० वटाभन्दा बढी उजुरी परेको छ । त्रिभुवन विश्वविद्यालय (टीयू) र काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिएका अधिकांश मेडिकल कलेजविरुद्ध उजुरी परेको हो ।समितिद्वारा गठित उपसमितिमा परेका उजुरीमा ६८ लाखसम्म शुल्क असुलेको प्रमाण पेस गरिएको छ । सबैभन्दा बढी...
बैशाख ३०,
काठमाडौँ । फिल्म ‘आप्पा’को ओएसटी गीत ‘अमला’ सार्वजनिक गरिएको छ । गीत रिलिजसँगै यो सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते रिलिज हुने भनिएको ‘आप्पा’ अब असार १३ गतेबाट रिलिज हुनेछ । गीतको भिडियो हेर्नुस :https://www.youtube.com/watch?v=V01GTobQVtwफिल्मको सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी...
बैशाख ३०,
काठमाडौँ । भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।...
बैशाख ३०,
झापा । कार्यालयको नाम हो इलाका प्रहरी कार्यालय अनारमनी, झापा । त्यहाँको प्रमुख हुन् प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्का । डीएसपीको कार्यकक्ष र कार्यकक्षबाहिरको नेमप्लेटमा पनि खड्काकै नाम छ । तर उनी बस्ने डीएसपीको कुर्सीमा ३० वर्षीय हर्कराज गुरुङले केही मिनेट भए पनि बिताए । डीएसपी बस्ने कुर्सीमै बसेर भएपनि फोटो खिच्न भ्याए । अनि सामाजिक सञ्जालमा...
एजेन्सी, बैशाख ३०,
सिड्नी । अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ। यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट तानातानमा लागिपरेका छन् । नेपाली समूदायको एक कार्यक्रममा अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले लिबरल पार्टी फेरि विजयी भए नेपाली समुदायको भवन निर्माणमा एक मिलियन डलर अर्थात करिब...
बीबीसी, बैशाख ३०,
काठमाडौँ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन्। विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी मारिएको थियो। अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन्। प्रहरीले अनुसन्धान थालेको छ। तर उनलाई...
बैशाख ३०,
काठमाडौँ -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ ।मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उदेश्यका साथ मन्त्रिपरिषद्बाट पारित गरी संसदमा दर्ता गराएकोे विधेयक प्रति असहमति जनाउदै पत्रकार महासंघ लगायत सरोकारवाला निकायहरु आन्दोलित भैरहेको बेला...
बैशाख ३०,
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन आवश्यक रहेको बताउदै पहल गर्नेस समेत बताएका छन् ।सोमबार बिहान विधेयक फिर्ताको माग राखेर ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँग बोल्दै सभामुख महराले विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफलको वातावरण बनाउन सहयोग गर्ने बताएका छन ...
