डीएसपीको कुर्सीमा सर्वसाधारण

155

बैशाख ३०,
झापा । कार्यालयको नाम हो इलाका प्रहरी कार्यालय अनारमनी, झापा । त्यहाँको प्रमुख हुन् प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्का । डीएसपीको कार्यकक्ष र कार्यकक्षबाहिरको नेमप्लेटमा पनि खड्काकै नाम छ । तर उनी बस्ने डीएसपीको कुर्सीमा ३० वर्षीय हर्कराज गुरुङले केही मिनेट भए पनि बिताए । डीएसपी बस्ने कुर्सीमै बसेर भएपनि फोटो खिच्न भ्याए । अनि सामाजिक सञ्जालमा पोस्ट गर्न पनि भ्याए ।

गुरुङको यो हर्कत गैरकानुनी हो नै, यही हर्कतका कारण उनी अहिले प्रहरीको कठघरामा थुनिएका छन् । उनको हर्कतका कारण डीएसपी खड्का भने कारबाहीमा परेका छन् । खड्कालाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीको प्रमुखबाट हटाएर कारबाही स्वरुप १ नम्बर प्रदेश कार्यालय विराटनगर झिकाइएको छ । प्रहरी स्रोतका अनुसार डीएसपी खड्का नभएको मौका पारेर गुरुङले तस्बिर खिचेका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । डीएसपी खड्का भने चार महिना अघि मात्रै अनारमनी सरुवा भई आएका थिए ।