Wednesday, July 15, 2026
Home Blog Page 1583
जेठ ३, काठमाडौँ । धानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नियन्त्रण गरेको बताएका छन्। मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ परिरहेको भन्दै सरकारले भ्रस्टचार नियन्त्रण गरेको दाबी गरेका हुन्।ओलीले वालुवाटारको जग्गा प्रकरणमा पूर्ववर्ती सरकारले केही नगरेको बताउँदै यसको छानविन आफ्नो सरकारले गरेको बताए। तथापी...
जेठ ३, वीरगञ्ज । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको...
जेठ ३, काठमाडौँ । राजधानीको सुन्धारामा शुक्रबार बिहान भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । नागस्थानबाट वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले बिहान सवा १० बजे सोही दिशाबाट आइरहेको बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार काभ्रे, पनौती १० की २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर...
जेठ ३, एजेन्सी, काठमाडौं । हलिउड अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् । यूएस टुडेको एक रिपोर्टका मुताबिक उनले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट राजमार्गमा हाम्फालेर आत्महत्या गरेका हुन् । एरिजोनाको सार्वजनिक सुरक्षा विभागले यस घटनाको पुष्टि गरेको छ । सुपरहिट हलिउड फिल्म ‘थोर’ मा अभिनय गरेका इसाक ४२ वर्षका थिए । आत्महत्या गर्नुअगाडि उनले इन्स्टाग्राममा लामो सुसाइड नोट पोष्ट...
जेठ ३, सिबि क्षेत्री प्रबेग । इतिहास एउटा कालखण्डलाई झल्काउने दस्ताबेज जस्तै हो । हरेक समय अनुरुप हरेक परिसिर्जित काॠ सुचिहरु हुन्छन् । नेपालको राजनीति परिबेश कालमा समय र काल खण्ड्को माग अनुसार ले जन्माएको नेपाली कांग्रेस नेपाली जनताको हितकर कल्प बृक्षको छहारी हो । यहि छहारिमा बसेर नेपाली जनताले आफ्नो मौलिक हक अधिकार स्वतन्त्र सहित प्रदान गरेको कुरा सर्बबिबिदैत...
जेठ ३, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताए। उनले अधिवेशन वा निश्चित प्रक्रियामार्फत...
जेठ ३, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मा तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाई भ्रष्टाचार निवारण ऐन उल्लंघन गर्ने १७ हजार १ सय २७ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । कारबाही...
जेठ ३, भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत नर्सहरुले विभिन्न माग राखि एक हप्तदेखि अनसनरत ११ जना नर्सहरुलाई आज आठौ दिनमा प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेको ७जना नर्सहरुलाई जगती प्रहरी चौकीमा लगिएको छ भने ४ जनालाई पुरानो ठिमी चौकीमा लगिएको अस्पतालमा कार्यरत एकजना नर्सले जानकारी दिइन् । अस्पताल प्रशासनले नर्सहरुले राखेको विभिन्न मागलाई वेवास्त...
जेठ ३, काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एक आपासमा गाभिने भएका छन् । गाम्ने गाभिनेसम्बन्धी बिहीबार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंकको तर्फबाट सञ्चालक श्री प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंकको तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गर्नुभयो ।हाल एनएमबि बैंकले ११० वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टर र ओम डेभलपमेन्ट बैंकले ५३ वटा शाखा तथा...
जेठ ३, रुकुम । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी...