सुरेन्द्र काफ्ले ( अन्नपूर्ण पोष्ट)
जेठ ७, काठमाडौं । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन...
सुरेश तामाङ ( नेपाल समाचार)
जेठ ७, काठमाडौं । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी...
ईश्वरराज ढकाल ( नेपाल समाचारपत्र)
जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सिसिटिभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा जडान गर्न लागिएको हो । अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सिसिटिभी जडान गर्ने योजना छ । महानगरीय प्रहरी परिसर...
-सरोज सापकोटा
जेठ ६ , काभ्रे– काभ्रेपलान्चोक जिल्ला स्थित रोशी गाउँपालिका वडा नम्बर १०, वाल्टिङ भाङ्गेटारका एकाघरका दुई दाजुभाइको खानेपानीकै निहुमा ज्यान गएको छ । रोशी गाउँपालिकाकै विकट क्षेत्रको रुपमा रहेको वाल्टिङ्गको भाङ्गेटारका ५० वर्षीय सन्चरसिं लामा र ४० वर्षीय नरबहादुर लामाले खानेपानीकै कारण अनाहकमा आफ्नो ज्यान गुमाउन बाध्य भएका हुन् । जिल्लाकै बिकट डाँडापारि स्थित साबिक बुढाखानि गाबिस हालको...
जेठ ६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताए । ‘एकवर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’ उनले भने ‘यही हुन्छ भनेर छटपटी भएको छ...
जेठ ६,
काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न...
जेठ ६,
काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । नेप्से ९.१३ अंकले घटेर १,३०७.७१ अंकमा कायम भएको छ । बजार घटे पनि कारोबार रकम भन १ अर्ब नाघेको छ । हाइड्रोपावर र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबेभन्दा धेरै निर्जीवन बीमा समुह १ सय १९ अंकले घटेको छ ।
दिनभरिमा १ सय ७२ वटा कम्पनीको...
जेठ ६,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा भएका विवादित विषयमा गहन छलफल गर्नुपर्ने माग गरेका छन् ।
रिपोर्टस क्लब नेपालले सोमवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई मनन गर्दै विधेयकमा भएका दण्ड सजायँ सम्बन्धीव् यवस्थाबारे गहन छलफल गर्नुपर्ने बताएका हुन् ।सरकारले वैशाख अन्तिम साता संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको...
जेठ ६,
काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् । शहरी विकासमा उमाकान्त चौधरी,...
जेठ ६,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड भ्रष्टाचारीको नायक भएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले प्रचण्डको बिवाहको पचासौं बर्षको बर्षगाठमा पप्पु कन्सट्रकसनको पैसोले पाँच तारे होटेलबाट मगाएका भोज खुवाएसँगै उनी भ्रष्टचारको नायक भएको आरोप लगाउनु भयो ।उहाँले भ्रष्टाचारको मुख्य अखडा शितल निवास ,बालुवाटार र सिंहदरवार भएको बताउँदै...


