Home Blog Page 156
काठमाडौं । काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको छ। भाइरस भेटिएपछि सरकारले साउन ९ गतेदेखि १२ सम्म उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिपुरका जन्म देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो । काठमाडौंको टुकुचा नदीको संगम स्थलको ढलमा पोलियोको परिवर्तित...
काठमाडौं । आरक्षणविरोधी आन्दोलनका क्रममा बंगलादेशमा जारी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका...
काठमाडौं । नदी र तालमा डुबेर शुक्रबार एकैदिन कास्कीमा तीन जनाको मृत्यु भएको छ । शुक्रवार पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।पोखरा महानगरपालिका-१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र वडा नं. २ बागलुङ बसपार्क बस्ने १८ वर्षकै...
काठमाडौँ । भोली आइतबारकालागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् ।बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ । सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाए एक नेताले जानकारी दिए...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status): देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले...
एजेन्सी । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास कारण भने...
बीबीसी । बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएका छन्। सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए।बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis):हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...