Sunday, September 20, 2026
Home समाचार डुबेर एकैदिन तीनजनाको मृत्यु

डुबेर एकैदिन तीनजनाको मृत्यु

36

काठमाडौं । नदी र तालमा डुबेर शुक्रबार एकैदिन कास्कीमा तीन जनाको मृत्यु भएको छ । शुक्रवार पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।

पोखरा महानगरपालिका-१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र वडा नं. २ बागलुङ बसपार्क बस्ने १८ वर्षकै स्वयं ताम्राकारको मृत्यु भएका हो। वडा प्रहरी कार्यालय बैदाम कास्की र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर कालिकाबाट खटिएका उद्धार टोलीले उनीहरूलाई खोलाबाट बाहिर निकालेका थिए। ६ साथी मिलेर पौडी खेल्न गएकोमा अरू चार भने सकुशल नै रहेको कास्की प्रहरीले बताएको छ।

यस्तै शुक्रबार साँझ पोखरा महानगरपालिका-२६ गुदेतालमा डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ। लमजुङको मध्य नेपालस्थित करापुटार घर भएका सचिन पोखराको प्रगतिटोल बस्दै आएका थिए। माछा मार्न लागेका बुबा विकाससँगै गएका सचिन अचानक तलमा डुबेका थिए। तत्काल बुबा र स्थानीयले तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगेका थिए। चिकित्सकले सचिनलाई मृत घोषणा गरेका छन् । -थाहा खबर