Thursday, July 16, 2026
Home Blog Page 1558
जेठ १४, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद हुने चेतावनी दिएका छन्। स्थापना दिवसका अवसरमा नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेका सरकारका गतिविधिले त्यस्तै शंकेत गरेको बताए। उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने बताए।उनले...
जेठ १४, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक...
जेठ १४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उनले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताए ।‘देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ’, उनले भने । पूर्वप्रधानमन्त्री दाहालले...
एजेन्सी, जेठ १४, काठमाडौँ । चुनाव आफ्नो पक्षमा पार्न एक रुसी महिलासँग कुराकानी गरेको गोप्य भिडियो सार्वजनिक भएपछि अस्ट्रियाको सरकार ढलेको छ । फ्रिडम पार्टीका नेता तथा अस्ट्रियन चान्सलर सोबास्टियन कु्रज गोप्य भिडियो बाहिरिएपछि सत्ता छोड्न बाध्य भएका हुन् । भिडियोका कारण विवादित बनेपछि उनले संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । उनले विश्वासको मत प्राप्त गर्न सकेनन् ।...
जेठ १४, काठमाडौ । सहरी क्षेत्रमा जीवनशैली व्यस्त छ । खराब खानपान छ । व्यायाम छैन । त्यसैले स्वास्थ्य समस्या आइरहेको छ । दम, मधुमेह, रक्तचाप, क्यान्सर र मानसिक समस्या बढेको छ । मुटु र मिर्गाैलाका रोगी थपिएका छन् ।श्वासप्रश्वास र छालाको रोग वातावरण प्रदूषणको मुख्य कारण धुलो, धुवाँ र फोहर हो । फोहोर व्यवस्थापन नहुँदा अधिकांश पानीका स्रोत दूषित छन् । उद्योगधन्दा...
एजेन्सी, जेठ १४, काठमाडौ । जापानमा स्कुल बस पर्खिरहेका बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मंगलबार बिहानै कावासाकीमा यो घटना भएको हो । क्योदो समाचार संस्थाका अनुसार, मृत्यु हुनेमा १२ वर्षीया बालिका र ३९ वर्षीय पुरुष रहेका छन् । घाइतेमध्ये १६ जना स्कुले बालिका रहेका छन् ।आक्रमणपश्चात आक्रमणकारीले आफैंलाई...
जेठ १४, कंचनपुर । नेपाल ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा संगठन सुदृढीकरण एवं क्षमता अभिवृद्धि प्रशिक्षण कंचनपुरमा सम्पन्न गरेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु हुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले श्रमिकहरूको हित संरक्षणमा ट्रेड यूनियनले खेल्नु पर्ने भूमिका प्रकाश पार्नु भयो ।उहाँले भन्नु भयो यो सरकारले श्रमिक हरूको भाबना विपरित कार्य गर्दै...
जेठ १४, विराटनगर । विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म...
एजेन्सी, जेठ १४, काठमाडौँ । टेलिकम्युनिकेसन कम्पनी हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका-चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि रेनले यस्तो प्रतिक्रिया दिएका हुन्। ब्लुमवर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रेनले भनेका छन्-ट्रम्पको त्यो प्रस्ताव आफैंमा ठूलो जोक हो। अमेरिकाले कहिल्यै पनि हाम्रा सामान किनेको छैन। भविष्यमा उसले किन्न...
बीबीसी, जेठ १४, काठमाडौँ । लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ। उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो। अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका ती...