ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम प्रदेशको प्रशिक्षण सम्पन्न

174

जेठ १४,
कंचनपुर । नेपाल ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा संगठन सुदृढीकरण एवं क्षमता अभिवृद्धि प्रशिक्षण कंचनपुरमा सम्पन्न गरेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु हुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले श्रमिकहरूको हित संरक्षणमा ट्रेड यूनियनले खेल्नु पर्ने भूमिका प्रकाश पार्नु भयो ।

उहाँले भन्नु भयो यो सरकारले श्रमिक हरूको भाबना विपरित कार्य गर्दै आएको दाबि गर्नु हुदै पार्टीको जागरण अभियानमा ट्रेड यूनियनको अहम भूमिका रहेको बताउनु भयो । नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहराले ट्रेड यूनियन काङ्ग्रेस बलीयो भएमात्रै कांग्रेस बलियो हुने धारणा राख्नुभयो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले ट्रेड यूनियन काङ्ग्रेस र श्रमिकहरूको हित संरक्षण तथा ट्रेड युनियनको भूमिका बढाएमात्रै कांग्रेस बलियो हुने कुरामा जोड दिनुभयो। उहाँले ट्रेड युनियन कांग्रेस को भाबी कार्यक्रम , संगठन विस्तार , नयाँ श्रम ऎन, सामाजिक सुरक्षा लगायत का बिषय हरु मा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम प्रदेश समितिका अध्यक्ष सिद्धराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।