एजेन्सी, जेठ १५,
काठमाडौँ । भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि हत्याको मामलामा सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सातजनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ ।यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी...
जेठ १५,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको...
एजेन्सी, जेठ १५,
काठमाडौँ । जापानले अमेरिकासँग १ सय ५ वटा लडाकु जहाज किन्ने भएको छ। यही साता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार दिने जापान भ्रमणका क्रममा लकहिड मार्टिन नामक अमेरिकी कम्पनीले बनाएका एफ -३५ मोडलका लडाकु जहाज किन्ने घोषणा गरिएको हो। गत डिसेम्बरमै जापानले ती जहाज किन्ने कुरा सार्वजनिक भएको थियो।जापानी प्रधानमन्त्री सिन्जो अबेसँगको सम्झौतापछि राष्ट्रपति ट्रम्पले...
देवेन्द्र भट्टराई ( कान्तिपुर दैनिक)
जेठ १५, हेटौंडा — ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’ परिचय सुनाउन थालिन् । गणतन्त्र प्राप्तिअघिका जनआन्दोलनहरूमा आफ्ना ४ छोरा बेपत्ता भएपछि एक्लिएकी सुभद्रामाया दर्नाल हेटौंडास्थित सुकुम्बासी टोलमा । उनका...
उमेशप्रसाद मैनाली (अन्नपूर्ण पोष्ट)नेपालको गणतन्त्रको वयले एक युग नाप्दै छ। त्यसो त राज्य र राजनीतिक व्यवस्थाका लागि एक युग अत्यन्त अल्प अवधि मानिन्छ। तैपनि यस अवधिभित्र नेपाली नागरिकका नाममा उनीहरूकै प्रतिनिधिले संविधान जारी गर्नुबाहेक इतिहासमा अंकित हुने र भविष्यका पुस्ताले सम्झिनलायकका खास उपलब्धि हासिल भएका छैनन्। राजनीतिज्ञहरूले आफ्ना जिम्मेवारी निर्वाह गर्दा इतिहास बनाउन सक्नुपर्छ। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम...
नयाँ पत्रिका
जेठ १५ । जिल्ला प्रशासन कार्यालयअगाडि वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरी बनाइएका पाँच टहरा डोजर लगाएर भत्काइएको छ । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि भएको अतिक्रमणको विरोध हुन थालेपछि स्थानीय प्रशासनले टहरा भत्काउने हिम्मत गरेको हो । विदुरस्थित वनदेवी सामुदायिक वन क्षेत्रमा वर्षौंदेखि विभिन्न व्यापार सञ्चालन हुँदै आएका टहरा भत्काइएको हो । स्थानीय केही व्यक्तिले विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवाससँगै...
जेठ १५,
काठमाडौं । आज १२ औ गणतन्त्र दिवस मनाईदै छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आज झन्डै २ सय ५० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।
गणतन्त्र दिवसको अवसर...
मोतीराम तिमल्सिना (जेठ १५)
जेठ १५, काभ्रे । विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो...
जेठ १४, विनिता दाहाल (बीबीसी ),राजनीतिक, साहित्यिक, आर्थिक वा कुनै पनि विषयमा हुने कार्यक्रममा मञ्चमा महिलाको उपस्थिति भएको या नभएको भन्नेबारे नेपालमा बहस हुन थालेको छ। हालसालै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक गैरसरकारी संस्थाको ुपुरुषमात्र हुने मञ्च इन्कार गरौुं भन्ने अभियानको थालनी गरे। चैत महिनाको अन्त्यमा पोखरामा भएको नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा स्थानीय आमा समूहले मञ्चमा...
स्वास्थ्य । स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ। थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि बढिरहेको...



