काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।हाल मौसमको अवस्था (Present Weather Status):
हाल कोशी, मधेश, बागमती र गण्डकी...
काठमाडौं : भक्तपुरमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार दिउँसो १ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी स्थित सडक खण्डमा काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला काभ्रेपलान्चोक...
काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन गरेको छ। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार प्रकाशन गरेको हो। महानगरपालिकाका अनुसार उक्त विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ। यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ। विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन्।...
काठमाडौं : प्रतिनिधि सभाका संसदहरुले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ काँग्रेस सांसद राजेन्द्र बजगाईं, एमालेकी सचेतक सुनिता बराल लगायतका सांसदहरुले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद बजगाईंले सौर्य एयरलाईन्सको विमान दुर्घटना र त्रिशुली नदीमा भएको बस दुर्घटनामा...
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रूपमा छानविन गर्नेमा आशंका व्यक्त गरेका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई उक्त छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उनले आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताए।सरकारले सो...
आजकोः कार्टुनयो कार्टुन थाहा खबरमा प्रकाशित छ । अनुप गुरुङले बनाउनु भएको हो।
चितवन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गतअसार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएका थिए ।आजको कान्तिपुर दैनिक अगाडी लेख्छ, घटनाको १२ दिन भइसक्दा पनि बुधबारसम्म दुई बससँगै ४३ यात्रु हराइरहेकै छन् । दुई वटा बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका...
काठमाडौँ । आज सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजकौ मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...










