एनआईसी एशिया बैंकका ग्राहकहरुले सी.पी.हस्पिटलमा २० प्रतिशत सम्मको छुट पाउने

227

असार ११,
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले धनगढीको सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलका तर्फबाट प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

हालसम्म बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकले करिब १६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।