आइएमई लाइफले घोषणा गर्यो नयाँ बोनश दर

100

असार ११,
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको हो ।
कम्पनीले प्रतिहजार न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयासम्म बोनश दर दिने घोषणा गरेको हो । बीमा समितिले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले उक्त नयाँ नयाँ बोनश दर घोषणा गरेको हो । कम्पनीले ९ वर्षको सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा २५ रुपैयाँ , १० देखि १४ वर्षसम्मको बीमा योजनाका लागि २५ रुपैयाँ दिने भएको छ ।

त्यस्तै कम्पनीले १५ वर्षदेखि १९ वर्षसम्म सावाधिकमा ३० रुपैयाँ तथा सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ३५ रुपैयाँ दिने भएको छ । त्यसैगरी २० देखि २४ वर्षसम्म सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ४५ रुपैयाँ बोनश दर दिने भएको छ । इन्स्योरेन्स कम्पनीले २५ वर्ष वा सोभन्दा माथि सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ७० रुपैयाँ बोनश दर दिने भएको छ ।