असार १६,
भक्तपुर । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिएका छन् ।काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं मोटरसाइकलले सोही...
एजेन्सी,असार १६,
टेक्सास । एउटा निजी विमान दुर्घटना हुँदा अमेरिकाको टेक्सास राज्यमा १० जनाको मृत्यु भएको छ । स्थानीय एडिसन नगर विमानस्थलबाट उडान भर्ने क्रममा बीचक्राफ्ट किङ्ग एयर ३५० एयरक्राफ्ट ह्याङ्गरमा ठोक्किएपछि दुर्घटनामा परेको हो ।स्थानीय समयानुसार विहान ९ बजेट धावनमार्ग छाडेको विमान लगत्तै ह्याङ्गरमा ठोक्किएर विस्फोट भएको थियो । दुर्घटना पछि विमानमा सवार सबैको मृत्यु भएको जनाइएको छ ।...
असार १६,
विराटनगर । प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन। संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।त्यसपनि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए
असार १६,
काठमाडौं । नायिका प्रियंका कार्की निर्देशनमा उत्रिएकी छिन् । प्रियंका आफ्नै प्रोडक्सन कम्पनी प्रिंकल बेल पिक्चर्सबाट बन्ने वेभ सिरिज जस्ट अनादर लभ स्टोरी लाई प्रियंकाले निर्देशन गर्ने भएकी हुन् । समलिंगी महिलाको कथामा बन्ने वेभ सिरिज अगस्टबाट युटुवमा अपलोड हुनेछ । समलिंगी महिलाको प्रेम कथामा बन्ने वेभ सिरिजमा प्रियंका र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका रहनेछ । नायक...
असार १६,
सुर्खेत । कर्णाली प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । स्थानीय तहका जनप्रतिनिधिले तामझामका साथ उद्घाटन कार्यक्रमले बास्तविक बेराजगारलाई अझै समेट्न नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । काममा झारा टारिँदा विकास निर्माणका कामसमेत अधुरा बनेका छन् ।
दैलेखको नारायण नगरपालिकामा शनिबार रोजगार कार्यक्रममा छनोट भएका युवा/युवतीलाई टुँडिखेल नजिकै सिस्नो फँडानी गर्न खटाइएको थियो । अन्य स्थानीय तहमा पनि सडक, नाली,...
असार १६,
बाग्लुङ । बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिइन् । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उनी खुंखानी स्वास्थ्य चौकी पुगेकी हुन् । एक छोरा र दुई छोरीकी आमा उनले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आएकी छिन् । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गरेकी उनले इम्प्लान्टको...
असार १६,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको छ। २०७२ सालमा गएको गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेका घरलाई पुनर्निर्माण गर्न सरकारले तीन लाखका दरले अनुदान दिएको छ। सोही अनुदान लिनका लागि अनुदान सम्झौता गर्न लाभग्राहीलाई प्राधिकरणले अनुरोध गरेको हो। प्राधिकरणले सूचना निकालेर जेठ मसान्तभित्र लाभग्राही सूचीमा समावेश भएका भूकम्पपीडितलाई...
असार १६,
काठमाडौँ । गत साता चीनका भीडभाडयुक्त सहरमा एकाएक चर्को आवाजमा ‘काउन्ट डाउन’ घण्टी बज्यो । लगत्तै टेलिभिजन स्क्रिनहरूमा एक, दुई, तीन, चार, पाँच.... का संकेतहरू ‘पपअप’ हुन थाले । चर्को आवाजको उल्टो गन्ती र टेलिभिजन हेरिरहेका दर्शक पहिलो पटकको अनुभव गरिएको संकेतले अचम्मित पारेपछि भागदौड सुरु भयो ।चीनको दक्षिण–पश्चिम प्रान्त सछान (सिचुवान) को छाङनिङ काउन्टीस्थित यिपिन सहरमा १७ तारिख साँझ...
असार १६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै व्यवस्थापन सुधार नभएसम्म सरकारले अहिलेको अवस्थामा ऋण वा लगानी स्वरूप एक पैसा पनि दिन नसकिने बताएका छन्। पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ। ‘जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य...
एजेन्सी, असार १६,
काठमाडौँ । अफगानिस्तानको राजधानी कबुलमा रहेको अमेरिकी दूताबास नजिक विष्फोट भएको छ। सोमबार बिहान भएको घटनामा १५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको काबुलको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। विष्फोट लगत्तै प्रहरी घटनास्थल पुगेको हुनाले ठूलो मानविय क्षति नभएको काबुलका प्रहरी प्रवक्टा फिडोज फरमाजले बताए। घटना कसले र के उद्श्यले गराएको...










