निजी आवास पुनर्निर्माणका लागि असार २१ भित्र अनुदान सम्झौता गरिसक्नुपर्ने

68

असार १६,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको छ। २०७२ सालमा गएको गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेका घरलाई पुनर्निर्माण गर्न सरकारले तीन लाखका दरले अनुदान दिएको छ। सोही अनुदान लिनका लागि अनुदान सम्झौता गर्न लाभग्राहीलाई प्राधिकरणले अनुरोध गरेको हो। प्राधिकरणले सूचना निकालेर जेठ मसान्तभित्र लाभग्राही सूचीमा समावेश भएका भूकम्पपीडितलाई असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको हो।

यस्तै अनुदान सम्झौता गरिसकेकाले असार मसान्तभित्र पहिलो किस्ता ५० हजार लिइ सक्नुपर्ने प्राधिकरणको भनाइ छ। २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिएकाले दोस्रो किस्ता कात्तिक मसान्तसम्म लिइसक्नु पर्ने बताएको छ। गत वर्ष असार मसान्तसम्ममा दोस्रो किस्ता लिएका भूकम्प पीडितले माघ मसान्तभित्र किस्ता लिन सक्ने प्राधिकरणले जनाएको छ। जोखिम वर्गमा परेका लाभग्राहीको अद्यावधिक विवरण भदौ मसान्तसम्म प्राधिकरणमा उपलब्ध गराउनुपर्ने भएको छ। इञ्जिनियर र प्राविधिक पुग्नुअघि नै बनेका घरको विवरण बुझाउने र छुट सर्वेक्षणको लगत संकलन गर्ने समय सोमबारसम्म मात्रै छ