एजेन्सी, असार २०,
काठमाडौं । महाभारतका एक महत्त्वपूर्ण पात्र कर्णलाई दानवीर मानिन्छ । महाभारतमा उनी जति ठूला दानी अरू देखिएका छैनन् । भगवान् श्रीकृष्ण पनि कर्णलाई ठूला दानी मान्थे । युद्धमा अर्जुनको प्रहारले कर्ण घाइते हुँदा कर्णको दानवीरता संसारमा प्रख्यात पार्न श्रीकृष्ण उनी नजिक पुगे । मर्न लागेका कर्ण नजिक अर्जुन र श्रीकृष्ण पुगेका थिए । श्रीकृष्णले...
असार २०,
हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । बिरामी मध्ये तीन बालबालिकालाई सघन उपचार कक्ष ९आइसियु०मा राखी उपचार थालिएको छ ।पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उहाँकी श्रीमती बिनिता थोक्रा, नं वर्षका छोरा महेश थोक्रा र साँढे २ बर्षकी छोरी मनिषा थोक्रा विषाक्त च्याउ खाँदा बिरामी परेका हुन् । त्यसैगरी...
असार २०,
काठमाडौं । पूर्वमन्त्री तथा तत्कालीन नयाँ शक्ति नेपाली पार्टीकी नेतृ कल्पना धमला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् । नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकीकरणपछि सम्मानजनक भूमिका नदिइएको भन्दै असन्तुस्ट रहेकी धमला शुक्रबार नेकपा प्रवेश गरेकी हुन् ।धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, महिला संगठनकी केन्द्रीय संयोजक मनु हुमागाईं गरी २० जनाभन्दा...
असार २०,
काठमाडौं । माल्टा पठाउने भन्दै सयौं युवाबाट करोडौं रुपैयाँ उठाएर ठगी गरेको अभियोगमा एक मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलालकुमार राई छन् । राईलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ सामाखुसीबाट नै पक्राउ गरेको हो ।उनले सयौं युवाबाट ४ करोड बढी रकम उठाएर...
एजेन्सी, असार २०,
काठमाडौं । महाराष्ट्रका जलस्रोतमन्त्री तानाजी सावन्तले रन्तागिरी जिल्लाको तिवारे बाँध भत्किनुमा बाँध क्षेत्रमा जम्मा भएका ठूलो संख्याका गंगटो जिम्मेवार भएको बताएका छन् । सो घटनामा हालसम्म १८ जनाले ज्यान गुमाएका छन् । ‘बाँधमा त्यसअघि चुहावट थिएन । बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो । स्थानीयहरुले यसबारे जानकारी गराएपछि त्यसलाई रोक्ने प्रयास पनि भएको...
असार २०,
काठमाडौं । वर्षायाम सुरु भएसँगै सर्पदंश (सर्पको टोकाइ)का बिरामी बढ्ने गर्छन् । गर्मी बढेपछि सर्प बाहिर निस्कने गर्छन् । प्राकृतिक प्रकोपपश्चात् प्राकृतिक वासस्थान नष्ट हुने भएकाले उनीहरू मानिसको वासस्थान तिर छिर्ने गर्छन् । सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र बढी प्रभावित हुने गरेको छ ।लक्षण- विषविहीन सर्पले टोक्दा...
असार २०,
काठमाडौं । ऋत गौतमको शतकसँगै नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।नेपालको सुरुवात राम्रो रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे ।पवन ४५ रनमा...
असार २०,
बझाङ । खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए ।...
एजेन्सी, असार २०,
काठमाडौं ।इण्डोनेसियामा एक दम्पत्तिले आफ्नो बच्चाको नाम गुगल राखेका छन् । छोराको अनौठो नाम राखेपछि ती आमा बुवालाई सबैले खिसिट्यूरी गर्न थाले । तर उनीहरुको त्यो निर्णय अहिले सही सावित भएको छ । ८ महिना उमेरको उक्त बच्चाको नाम निकै लोकप्रिय मात्र बनेको छैन, सबैले चिन्न थालेका छन् । दुनियामा अहिलेसम्म सायद पहिलोपटक कुनै बच्चाको नाम...
एजेन्सी, असार २०,
काठमाडौं । दसकयताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ। रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको स्थानीय भूगर्भविद प्राध्यापक जन रन्डलले बताए। धेरै जनघनत्व भएका क्षेत्रभन्दा निकै पर केन्द्रविन्दु हुनु भाग्यशाली भएको उनले बताए। उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन्। क्यालिफोर्नियाको गभर्नरको...










