पूर्वमन्त्री धमलासहित तत्कालीन नयाँ शक्तिका नेता–कार्यकर्ता नेकपा प्रवेश

100

असार २०,
काठमाडौं । पूर्वमन्त्री तथा तत्कालीन नयाँ शक्ति नेपाली पार्टीकी नेतृ कल्पना धमला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् । नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकीकरणपछि सम्मानजनक भूमिका नदिइएको भन्दै असन्तुस्ट रहेकी धमला शुक्रबार नेकपा प्रवेश गरेकी हुन् ।

धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, महिला संगठनकी केन्द्रीय संयोजक मनु हुमागाईं गरी २० जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल (प्रचण्ड)ले तत्कालीन नयाँ शक्ति छाडेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।