कर्णले मर्ने बेलामा भगवान् श्रीकृष्णलाई दान दिए सुनको दाँत

120

एजेन्सी, असार २०,
काठमाडौं । महाभारतका एक महत्त्वपूर्ण पात्र कर्णलाई दानवीर मानिन्छ । महाभारतमा उनी जति ठूला दानी अरू देखिएका छैनन् । भगवान् श्रीकृष्ण पनि कर्णलाई ठूला दानी मान्थे । युद्धमा अर्जुनको प्रहारले कर्ण घाइते हुँदा कर्णको दानवीरता संसारमा प्रख्यात पार्न श्रीकृष्ण उनी नजिक पुगे । मर्न लागेका कर्ण नजिक अर्जुन र श्रीकृष्ण पुगेका थिए । श्रीकृष्णले अर्जुनलाई भने, ‘कर्णलाई वीरता र दानका लागि सधैं याद गरिनेछ ।’ त्यो सुन्र अर्जुनले भने, ‘कर्ण कसरी दानवीर हुन सक्छ ?’

अनि श्रीकृष्ण ब्राह्मण भेषमा कर्णकहाँ पुगे । उनले कर्णलाई प्रणाम गरे । कर्णले किन आउनुभयो भनी सोध्दा उनले दान लिन आएको भने । ‘तपाईंको हालत देखेर केही माग्न त मन छैन किनकि यस हालतमा के दिन सक्नुुहुन्छ ? तपाईं त मृत्यु नजिक पुगिसक्नुभएको छ ।’ त्यसपछि कर्णले आफूनजिक रहेको पत्थरले सुनको दाँत झिके र ब्राह्मणलाई अर्पण गरे । यस दानवीरताबाट प्रसन्न भएर श्रीकृष्ण वास्तविक रूपमा आए अनि कर्णलाई वरदान माग्न भने ।
कर्णले श्रीकृष्णलाई भने, ‘तपाईं नै मेरो अन्तिम संस्कार गर्नुस् र मेरा वर्गका मानिसलाई कल्याण गर्नुस् ।’ कर्णको मृत्यु भएपछि श्रीकृष्णले नै उनको अन्तिम संस्कार गरे ।