असार १९,
काठमाडौं । असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ। उक्त कुराको जानकारी सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएका हुन्। मन्त्रिपरिषद्ले गुठी तथा सरकारी जग्गाको छानबिनका लागि गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अन्तर्गतको समितिको म्याद दुई महिना थप गरेको। त्यसैगरी इन्जिनियरिङ्ग परिषद्को एैनमा थप गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले...
असार १९,
काठमाडौं । बलिउडका अभिनेत्रीहरू कस्तो पहिरनमा देखिन्छन् त्यसको चासो सर्वत्र हुन्छ । बलिउड अभिनेत्रीहरूको पहिरन तत्कालै भाइरल हुन्छ र त्यो फेसन सिम्बल बन्न पुग्छ । यतिबेला बलिउडमा हाइस्लिट भनिने पहिरनको क्रेज बढ्दो छ ।विशेषगरी गर्मी मौसमका लागि डिजाइन गरिएको म्याक्सी वा गाउनसँग मिल्दोजुल्दो यो पहिरनको माथिल्लो भाग खुल्ला हुन्छ र लगाउनेको क्लेभेज (स्तनको माथिल्लो भाग) देखिएको हुन्छ । तल्लो भागको दाहिनेतर्फ तिघ्रासम्म...
असार १९,
काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महासम्बोधि धर्म संघ गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेका छन ।
कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ । संघले बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको...
एजेन्सी, असार १९,
काठमाडौं । चीनको सिचुआन प्रान्तमा रहेको इको पार्कमा पर्यटकहरूले कमलको फूल चोरेपछि अधिकारीहरूले पार्क नै बन्द गरिदिएका छन् । अधिकारीहरूका अनुसार, दिनदिनै २०० देखि ३०० पर्यटकले पार्कको जाली फुटाएर फूल चोर्ने गरेका छन् । यसले गर्दा पार्कको सुन्दरता नष्ट भएको छ । त्यसैले वर्षभरिका लागि पार्क बन्द गरिएको छ । कुल ६२ एकड क्षेत्रमा फैलिएको पार्कमा...
असार १९,
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले शिष्टाचार भेट गरेका छन् । बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, ग्रीनहाउसमा फ्रान्सका राजदूत लेगरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल र फ्रान्सको सम्बन्ध धेरै पुरानो र उत्कृष्ट भएको बताए । उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ बन्दै आएको बताए ।उपराष्ट्रपतिले भेटमा...
असार १९,
संखुवासभा । अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
असार १९,
काठमाडौं । इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौं रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ । कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा...
असार १९,
दैलेख । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको छ । उनीहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काममा लगाइएको गाउँपालिका अध्यक्ष खेमराज वलीले टेलिफोनमा बताए । ‘राउटेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरेका हौं’, अध्यक्ष वलीले भने, ‘उहाँहरूलाई वृक्षरोपण कार्यक्रममा सहभागी गराएका छौं ।समय पुगेछ भने उहाँहरूको गाउँ जाने गोरेटो बनाइनछ ।’ उनका अनुसार राउटेले चालू आर्थिक वर्षको बाँकी...
असार १९,
काठमाडौं । मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो ।समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र, चाँगुनारायण नगरपालिकाका...
असार १९,
काठमाडौँ । राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।”...










