माल्टा पठाइदिने भन्दै करोडौं ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

245
सांकेतिक तस्विर

असार २०,
काठमाडौं । माल्टा पठाउने भन्दै सयौं युवाबाट करोडौं रुपैयाँ उठाएर ठगी गरेको अभियोगमा एक मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलालकुमार राई छन् । राईलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ सामाखुसीबाट नै पक्राउ गरेको हो ।

उनले सयौं युवाबाट ४ करोड बढी रकम उठाएर माल्टामा रोजगारी लगाइदिने भन्दै ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको वृत्तका डीएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए ।