एजेन्सी, असार २३,
काठमाडौं । दुनियामा केही चिजहरु यस्ता रहस्यमयी हुन्छन् कि त्यसको गुह्य पत्ता लगाउन वैज्ञानिकहरु पनि असमर्थ हुन्छन् । भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ । उक्त मन्दिरभित्र शिवलिङ्ग छ । उक्त शिवलिङ्ग यस अर्थमा निकै विशेष छ कि त्यसमा १२ वर्षमा चट्याङ पर्दछ ।हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त...
असार २३,
काठमाडौं । राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो ।यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ । दुवै सदनबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ ।यसअघि सांसदहरु अनिता...
असार २३,
वीरगन्ज । सासु ससुराको आँखा छल्दै परपुरुषसँग अवैध सम्बन्ध राखेकी एक बुहारीले सम्बन्धवारे सासुले थाह पाएपछि सासुमाथी आक्रमण गरेकी छिन् ।
घटना पर्सा जिल्लाको हो । अवैध सम्बन्धवारे सासुले जानकारी पाएपछि बुहारीले सासुलाई गडाँसी (कुटी काट्ने धारिलो हतियार) ले टाउकोमा प्रहार गरेकी छन् । जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी बस्ने बर्ष ५५ की राजपति देवी महरालाई उनकै...
असार २३,
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो ।“नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा राखेकाले कसैलाई पनि शिक्षाबाट वञ्चित हुन नदिन...
एजेन्सी, असार २३,
केइभ । युरोपेली मुलुक युक्रेनमा साढे २ महिनाअघि एक जना हास्यकलाकारले राष्ट्रपतिको चुनाव जिते। कुनै बेला टेलिभिजनमा राष्ट्रपति भएको अभिनय गर्ने ४१ वर्षीय भोलोदमिर जेलेन्स्की ७३ प्रतिशत मत पाएर राष्ट्रपति चुनिए। सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हास्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा...
असार २३,
काठमाडौं ।युवतीमाथि सिरिन्ज हानेको आरोपमा बनेपाको चारदोबाटोबाट स्थानीयबासीले एकजनलाई समातोर प्रहरीमा बुझाएका छन्। प्रहरीले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरेपछि स्थानीयबासी कारबाहीको माग गर्दै प्रहरी चौकी घेर्न पुगेका छन् । बनेपा बजारमा तनाव भएपछि अहिले ठुलो संख्यामा प्रहरी परिचालित भएको छ। सिरिन्ज हान्ने व्यक्ति पक्रेको थाहा पाएपछि स्थानीयले कारबाही माग गर्दै प्रहरी कार्यालय घेरेका हुन्। त्यही क्रममा...
असार २३,
काठमाडौं । युवा ज्योतिष हरिहर अधिकारी कबिर सिंह बन्ने भएका छन् । बक्स अफिसमा धमका मच्याइरहेको तलेगु फिल्मको नेपाली रिमेक भर्सनका लागि हरिहरले यतिबेला तयारी गरिरेका छन् । हरिहरले फिल्म शुभ लभ मा अभिनय गरेका थिए ।तेलगु फिल्म अर्जुन रेड्डीको आधिकारिक रुपमा कपि राइटस किनेर बलिउडमा कबिर सिंह बनाइएको थियो । अब, यो फिल्मको आधिकारिक कपि राइटस किनेर...
असार २३,
काठमाडौं । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । उक्त न्यून चापीय प्रणाली चार/पाँच दिनसम्म रहन सक्ने र त्यसपछि...
असार २३,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद एवं पूर्व गृहमन्त्री नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउने प्रस्ताव राखेका छन् । यसलाई प्रदेश आई वा अरु केही भन्न सकिने उनको तर्क छ । राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...
असार २३,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गरेकी छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरिन् । उक्त भवन विसं...










