ज्योतिष हरिहर अधिकारी ‘कबिर सिंह’ बन्ने

956

असार २३,
काठमाडौं । युवा ज्योतिष हरिहर अधिकारी कबिर सिंह बन्ने भएका छन् । बक्स अफिसमा धमका मच्याइरहेको तलेगु फिल्मको नेपाली रिमेक भर्सनका लागि हरिहरले यतिबेला तयारी गरिरेका छन् । हरिहरले फिल्म शुभ लभ मा अभिनय गरेका थिए ।तेलगु फिल्म अर्जुन रेड्डीको आधिकारिक रुपमा कपि राइटस किनेर बलिउडमा कबिर सिंह बनाइएको थियो । अब, यो फिल्मको आधिकारिक कपि राइटस किनेर नेपाली फिल्म निर्माण गरिने भएको छ । यो फिल्म नेपालमा कपि राइटस किनेर निर्माण गरिने पहिलो फिल्म हो । फिल्मको आधिकारिक घोषणा गरिएको छैन ।

तर ‘अर्जुन रेड्डी’ निर्माण गरेको कम्पनी भद्रकाली पिक्चर्स सँग कपि राइट खरिद गरिसकेको छ । अर्जुन रेड्डी र कबिर सिंह सुपरहिट सावित भइसकेको छ । यसको नेपाली रिमेकले हरिहरलाई नेपाली फिल्ममा स्थापित गर्न सक्छ, त्यो हेर्न बाँकी छ । फिल्म कबिर सिंहको क्रेज नेपालमा पनि राम्रो देखिएको छ । अभिनेता शाहिद कपूरको शिर्ष भूमिका रहेको फिल्मलाई नेपाली दर्शकले समेत रुचाइ रहेका छन् ।