Saturday, July 25, 2026
Home Blog Page 1454
असार २४, काठमाडौं । सार्वजनिक बसमा युवतीमाथि सिरिन्ज ९सुई० घोपेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् । बसमा यात्रा गरिरहेका बेला एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण गरेको आरोप लगाएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक पक्राउ परेका थिए । काभ्रेको धुलिखेलमा उपचाररत भनिएका दाईलाई भेट्न काठमाडौंबाट धुलिखेल जाने गाडीमा चढेका पाठकलाई सोही बसमा यात्रारत एक १९ वर्षीया किशोरीले आफूमाथि सुई घोपेको...
असार २४, काठमाडौं । नेपाली चलचित्र ‘गीत गजल’ को पहिलो मुहार सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति उल्लेख गर्दै फिल्मको पहिलो मुहार सार्वजनिक गरिएको हो । निर्माण टिमले जानकारी दिए अनुसा’गीत गजल’असोज २४ गते बाट प्रदर्शनमा आउँनेछ । नितिन चन्दले निर्देशन गरेको फिल्म ‘गीत गजल’ लभ स्टोर फिल्म हो । यो लभ स्टोरी फिल्मबाट रुप पोखरेल र आरोही...
असार २४, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको मंगलबारको प्रतिनिधिसभा बैठकमा बताएका छन् । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए...
असार २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई सो परिचयपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार...
असार २४, काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे । नेपाली टोली आज दिउँसो १ बजे...
असार २४, काठमाडौं । संयुक्त अरब इमिरेट्स .(युएई(का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री मोहम्मद विन रसिद अल मक्तुमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री मक्तुमले ढकालले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।ढकालले फागुनको अन्तिम...
असार २४, काठमाडौं । काठमाडौंबाट हङकङ जान लागेका पासाङ ग्याल्मो तामाङ केहीबेर अधि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन । ब्यागेजमा २९ हजार डलर लुकाएर लैजाँदै गरेका उनी आज पक्रउ परेका प्रहरीले न्यूज अफ नेपाललाई जानकारी दिएको छ । तामाङ नेपाल वायुसेवा निगमको आर ए ४०९ नम्बरको जहाजमा हङकङ जान लागेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको...
असार २४, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद बैठक बीचैमा छाडेर हिंडेका छन् । सिंहदरबारमा बसेको बैठक चलिरहेका बेला यादव बाहिरिएका हुन् । यादवले मंगलबार मात्र पत्रकार सम्मेलन गरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण प्रकरणमा सरकारलाई सचिवहरुले फसाएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री केपी ओली पनि मन्त्री यादवसँग सुरुदेखि नै रुष्ट छन् । यादवका स्वकीय सचिव...
असार २४, काठमाडौं । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२...
असार २४, काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको...