हेर्नुस् ‘गीत गजल’को पहिलो मुहार

325

असार २४,
काठमाडौं । नेपाली चलचित्र ‘गीत गजल’ को पहिलो मुहार सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति उल्लेख गर्दै फिल्मको पहिलो मुहार सार्वजनिक गरिएको हो । निर्माण टिमले जानकारी दिए अनुसा’गीत गजल’असोज २४ गते बाट प्रदर्शनमा आउँनेछ । नितिन चन्दले निर्देशन गरेको फिल्म ‘गीत गजल’ लभ स्टोर फिल्म हो । यो लभ स्टोरी फिल्मबाट रुप पोखरेल र आरोही सिहंले रजतपटमा डेब्यु गर्दैछन् । रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अस्मीत पोखरेलको रहेको छ । अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गीत गजल’ लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्माताको रुपमा सुजन आचार्य रहेका छन् ।