Sunday, September 27, 2026
Home समाचार भारतबाट भित्रिने तरकारीमा विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता

भारतबाट भित्रिने तरकारीमा विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता

95

असार २४,
काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट निवेदनकहरुको जिकिर छ । त्यसैले विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् । रीटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ ।