Saturday, July 25, 2026
Home Blog Page 1450
- डा. राजेन्द्र भद्राम २० वर्षीया अविवाहित महिला हुँ । दुई वर्षअघि मेरो केटा साथीसँग यौनसम्पर्क हुन्थ्यो तर अहिले हुँदैन । आजभोलि मेरो योनि चिलाउँछ र खुकुलो पनि छ । यसले भविष्यमा समस्या निम्त्याउँछ कि जस्तो लाग्छ, मलाई यसको सहज समाधान बताइदिनुहुन अनुरोध छ ।पी.डी.कतिपय योनिको शोथ वा संक्रमणले योनि चिलाउने हुन सक्छ । यसका लागि विशेष गरेर ट्राइकोमोनियासिस वा क्यान्डिडियासिसजस्ता संक्रमण जिम्मेवार हुन्छ ।...
कान्तिपुर दैनिक असार २६, भोजपुर — सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको...
कान्तिपुर दैनिक असार २६, काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ । पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका ८ जना...
अन्नपूर्ण पोष्ट असार २६, दाङ । दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्‍यो। अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही थान बाइबल, बाड्न तयार गरिएको पैसा राखेका खामसहित प्रहरीले पक्राउ गरि अनुसन्धान गर्‍यो। तर अनुसन्धान धेरैदिन चलेन। प्रहरीले ‘दबाब’का कारण...
नेपाल समाचारपत्र असार २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन । दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३...
असार २५, काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय युवा क्रिकेट टोली आज राति स्वदेश फर्कंदै छ। मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साढे ९ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो।यस...
असार २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयजस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई...
असार २५, काठमाडौं । नेपालमा पानीजहाज कार्यालय स्थापनासँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् ।कार्यालयबाट अनुमपतिपत्र...
असार २५, काठमाडौं । साझा यातायातले राजधानीको ३ वटा रुटमा रात्रीकालिन सेवा शुरु थालेको छ। काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागले रात्रिकालिन यातायातको तयारी गरिरहेको र त्यसको लागि साझाले पनि आफ्नो भुमिका निभाउन रात्रीकालिन सेवा शुरु गरेको प्रवन्धक महेन्द्र राज पाण्डेयले जानकारी दिए।हाल संचालनमा आएको साझाको रात्रिकालिन बस न्यूरोड गेट–लाजिम्पाट–नारायणगोपाल चोक हुदै सोही बाटो फर्कनेछ। त्यस्तै दोस्रो रुट न्यूरोडबाट छुटेर...
असार २५, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरोध गरेका छन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्तपत्ति भई राष्ट्रिय सभामा गएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक पारित भएको सुनाउँदै गर्दा सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यस पछि सभामुख कृष्णबहादुर महराले...