कांग्रेस र राजपाको अवरोध पछि संसद बैठक स्थगित

664

असार २५,
काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरोध गरेका छन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्तपत्ति भई राष्ट्रिय सभामा गएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक पारित भएको सुनाउँदै गर्दा सांसदहरुले उठेर विरोध जनाएका थिए।

त्यस पछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गर्दै सोमबारको लागि अर्को बैठक बोलाएका छन्।