Wednesday, September 23, 2026
Home पत्रपत्रिका ‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

165

-भगवती तिमल्सिना (नेपाल समाचारपत्र)
असार २९, काठमाडौँ । सन्तान जन्माउने योजनामा रहेका सञ्जीव न्यौपाने र एकता घिमिरेलाई यतिबेला जीवनमै सबैभन्दा ठूलो चुनौती आइलागेको छ। निजीक्षेत्रबाट सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको लापरबाहीले आफूहरूमा कल्पनै गर्न नसकिने पीडा आइलागेको उहाँहरूको भनाइ छ।
झन्डै १३ महिनाअगाडि अर्थात् सन् २०१८ जुन २६ को कुरा हो। ३६ हप्तामा सञ्जीव न्यौपाने र एकता घिमिरेको पहिलो सन्तान जन्मियो। बच्चा ४० हप्तामा परिपक्व हुने भए पनि आमालाई थाइराइड र कलेजोमा बोसो जम्ने ९फ्याट्टी लिभर० भएकाले डाक्टरले सिजरिङ गर्ने सल्लाह दिए। बच्चाका आमाबुबाले स्वीकृति दिए। बच्चा अपरिपक्व अवस्थामा नै जन्मेकाले श्वास फेर्न गाह्रो भएकाले नियोनेटल इन्टेन्सिभ केयर युनिट ९एनआईसीयू०मा राखियो।

आफ्नो पीडा सम्झँदै न्यौपाने भन्नुहुन्छ– ‘त्यति नै बेला मेरो बुबाको स्वर्गारोहण भएकाले जीवनमा एकैपटक अत्यन्तै कठिनको अर्को घडी थपियो। त्यसलाई सामना गरेर मनलाई बाँध्दै डाक्टरले जे जे भन्छन् त्यही मान्यौं।’ सञ्जीवका अनुसार डाक्टरले त्यति नै बेला बच्चालाई निमोनिया भएकाले मेकानिकल भेन्टिलेटरमा राख्नुपर्ने बताएकाले एनआईसीयूमा नै भेन्टिलेटरमा १४ दिनसम्म राखियो। बच्चालाई एनआईसीयूकै ब्याक्टेरियाका कारण निमोनिया भएको रहेछ। डाक्टरले बच्चामा सुधार आएको भनेर २१ दिनमा डिस्चार्ज ग¥यो। तर २५औं दिनमा ज्वरो आएकाले बच्चालाई पुनः भर्ना गरियो। कस्तो विडम्बना पीडामाथि पीडा, त्यही ब्याक्टेरियाकै कारण दिमागमा पानी जम्ने समस्या ९हाइड्रोसिफालस० भएछ। त्यसैले बच्चाको दिमाग नै नष्ट बनाएछ।

पीडित सञ्जीवलाई डाक्टरहरूले अझै झुक्याए, यथार्थ बताएनन्। बच्चाका टाउकोमा पानी जमेकाले तत्काल ढाडबाट पानी निकालेर परीक्षण गर्नुपर्छ भने। तर पानी निकाल्ने क्रममा पिप निस्कियो। बच्चालाई बढी डोजको एन्टिवायोटिक चलाएर वार्डमा सारियो। ४०औं दिनमा एनआईसीयू टिमले बच्चाको दिमागमा पिप जमेकाले शल्यक्रिया गर्नुपर्छ भन्यो। न्युरो सर्जन टिमले बच्चाको एमआरआई गराई शल्यक्रियाको विकल्प नभएको बतायो।

सञ्जीव अत्यन्तै मार्मिक कुरा गर्दै भन्नुहुन्छ– ‘बच्चालाई शुरूमै भेन्टिलेटरमा राख्दा ब्याक्टेरियाले संक्रमण गरेको रहेछ। १३ महिनाको बच्चा क्यान्सरभन्दा जटिल समस्यासँग लडिरहेको छ। बच्चाका लागि हामी दम्पती पल–पल मरेर बाँचेका छौं। कतिपटक बच्चा निदाउँदा पनि हाम्रो मुटुले काम नै गर्न नसक्ला जस्तो हुन्छ। पालैपालो आफूलाई सम्हालेर बच्चालाई छाम्छौं, बेडमै नदेखिने भइसक्यो। कुनै सक्रियता छैन, टाउकोको साइज बढेको बढ्यै छ।

टाउकोभित्र पानी जमेको छ। अस्पतालको लापरबाहीले हाम्रो परिवारमा ठूलो क्षति पुग्यो।’ सञ्जीव दम्पतीको पीडाको यो कथा अझै सकिँदैन। उहाँहरूका अनुसार बच्चालाई ९० दिन अस्पताल राखेर डिस्चार्ज गरियो। डिस्चार्जपछि पनि अस्पताल धाउने क्रम टुटाइएनन्। न्युरो सर्जनहरूले भिडियो एक्सरे र सिटी स्क्यान गराउँदा टाउकोको दायाँ भागमा राम्रो र देब्रेतर्फ कम तर सुधार हुँदै गएको बताएका थिए।